arrow

सूचना आयोगमा कर्ण बहादुरकी कान्छी श्रीमती कमलाको सिफारिस

मामा ईश्वर पोखरेलले भाञ्जीलाई सकेनन ल्याउन

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
karna-bahadur-thapa-Uml.jpg

काठमाडौं। सूचना आयोगका प्रमुख आयुक्तका लागि पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङलाई सिफारिस गरिएको छ। आयोगका दुई आयुक्तका लागि अधिवक्ता कमला वली र दीपक मैनालीको नाम सिफारिस गरिएको छ। ओली पुर्व उद्योग मन्त्री तथा सुदुर पश्चिम प्रदेस नेकपाका अध्यक्ष कर्ण बहादुर थापाकी कान्छी श्रीमती हुन। ओलीको माइती झापा हो।

कर्ण थापालाई मुख्यमन्त्री बनाउने अस्वासन प्रम ओलीले दिएका थिए। तर उनी मुख्यमन्त्री त के प्रदेस सांसद समेत हुन सकेनन। त्यसैको क्षतिपूर्ती स्वरुप थापाकी श्रीमती ओलीलाई आयुक्त बनाएको अर्थ नेकपा वृत्तमा लगाइएको छ। आयोगको आयुक्तका लागि रक्षा मन्त्री ईश्वर पोखरेलकी भाञ्जी पुनम पौडेल पनि धेरै लागेकी थिइन। तर केपी ओलीका नातेदार समेत रहेकी कमला ओलीका अगाडी उनको जोड चलेन। आयुक्तमा नाम सिफारिस नभएपछि भाञ्जी पुनम मामासँग आक्रोसित भएकी छिन्।

सूचना आयोगका प्रमुख आयुक्तको सुबिधा उच्च अदालतका मुख्य न्यायाधीस र आयुक्तको उच्च अदालतका न्यायाधीश बराबर हुन्छ। सुचना आयोगका प्रमुख आयुक्त र आयुक्त सिफारिस गर्न सभामुखको सयोजकत्वमा सचार मन्त्री र पत्रकार महासंघका अध्यक्ष रहेको समिति हुन्छ।

सभामुख पदमुक्त भइ जेलमा रहेपछि उपसभामुखको अध्यक्षतामा बसेको सिफारिस समितिको वैठकले ३ जनाको नाम सिफारिस गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ