arrow

रंगशालामा प्रहरीले पत्रकार कुटेपछि महासंघको आपत्ति

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
FNJ-logo.jpg.jpeg

काठमाडौं। विना पास आफन्तलाई रंगशाला प्रवेश गराउने प्रहरीको फोटो खिच्ने क्रममा नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरि घाईते बनाएको छ। आफन्तलाई विना पाश रंगशाला प्रवेश गराउने र पास एवं टिकट भएकालाई दुर्व्यवहार गरेको तस्विर खिच्ने क्रममा प्रहरीले पत्रकारलाई कुटपिट गरेको थियो।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार सकंलनका क्रममा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज (मंगलवार) विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईमाथि लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।

संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो । प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ