arrow

अतिक्रमणको विरोध गर्दै भारतीय दुतावास अगाडि धर्ना

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
hurupes.jpg

काठमाडौं । ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन मंगलबार मानव अधिकार तथा शान्ति समाजले भारतद्वारा भएको नेपाली भूभाग अतिक्रमण बिरुद्ध काठमाडौं लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरेको छ ।  

धर्नामा भारत : हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।

यसैगरी भारतीय अतित्रमणको विरोध गर्दै शान्ति समाजका जिल्ला शाखाहरुले अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन दर्जनौ जिल्लामा प्रदर्शन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ