arrow

सागका विजेतालाई बधाई दिँदै तरुण दलद्धारा अनियमितता छानबिनको माग

स्वर्णलाई २५, रजतलाई १५ र कास्यविजेतालाई १० लाख दिन सुझाव

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
jitjung-basnet-tarun.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक जित्न सफल खेलाडीहरुलाई बधाइ दिएको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बुधबार बिहानै जारी गरेको विज्ञप्तिमा १३ औँ साग खेलकुदको समापन समारोहको दिन आयोजित फुटबल खेलको फाईनलमा नेपालले २–१ गोल अन्तरले भुटानलाई पराजित गर्दै एैतिहासिक जित हासिल गरेकोमा आम नेपालीको तर्फबाट सबै खेलाडीहरु, प्रशिक्षक तथा खेलसंग आबद्ध सबैलाई धन्यबाद एवं शुभकामना व्यक्त गरेका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको ठहर सहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । ५१ स्वर्ण पदक, रजत ६० र कास्य ९५ पदक जित्न सफल नेपाली होनाहार खेलाडीहरुलाई शुटिङ, साईक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’ भनिएको छ । 
 
पदक जित्ने खेलाडीहरुलाई देशको ईज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेकामा धन्यबाद दिँदै तरुण दलले स्वर्ण पदक जित्ने प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्ने प्रत्येकलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषदसंग माग गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकता भन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ ।’

त्यस्तै विज्ञप्तिमा, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ । साथै साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेण्डर) प्राप्त गरेको ईसेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा संचालन गरेकोप्रति दल खेद प्रकट गर्दछ र उक्त कम्पनी माथि छानबिनको प्रकिृया सुरु गरी कारवाहीको दायरामा ल्याउन दल माग गर्दछ ।’ भनिएको छ । 

 अगाडि तरुण दल भन्छ, ‘जनताले जिवन नै धान्न नसक्ने गरी कर बृद्धी, महंगी बृद्धी, वाईडबडी भ्रष्टचार, न्यारोबडी, ३८ सय कुईन्टल सुन काण्ड, बालुवाटारको जग्गा प्रकरण, टेलिकम फोरजी काण्ड, निर्मला पन्त बलात्कार र हत्या काण्ड लगायतका काण्डै काण्ड मच्चाउँदै आएको ओली सरकार अन्तिममा दौरासुरुवाल काण्डमा आएर अल्मलिएको नेपाल तरुण दलले बुझेको छ । यसका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले मिच्दा समेत नबोल्ने  दुईतिहाई मतको केपी ओली सरकारका काण्डहरुको लेखाजोखा तरुण दलले राखेको र सरकार नसुध्रिएमा सरकारका विरुद्ध नेपाल तरुण दलले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ।’ 
                                                                     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ