arrow

डीएसपी भारती माछा लिएर पुगे महरा भेट्न

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
mahara-dsp-bharati.gif

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कारको आरोपमा पुर्पक्षका लागि यतिबेला डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । बलात्कार प्रकरणमा उनी जिल्ला अदालत काठमाडौंको आदेशले कारागार पुगेका हुन् । काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध उनी उच्च अदालत पाटन पुगेका छन् । तर उच्च अदालतले कुनै निर्णय दिइसकेको छैन। महरालाई भेट्न दिनहुँ नेकपाका नेता तथा कार्यकर्ताहरूको निकै भीड लाग्ने गर्छ कारागारमा । नेकपाका सांसदहरू पनि भेट्नेमा पर्दछन् । आफन्त त जाने नै भए । 

०६२/६३ को आन्दोलनपश्चात प्रायः सधैं पावरमा रहे महरा । उनी पावरमा हुँदा फाइदा लिएकाहरु पनि उनलाई भेट्न कोसेलीपात नै लिएर जाने गरेका छन् । गएको मंसिर ४ गते बुधवार कारागारमा रहेका महरालाई भेट्न नेपाल प्रहरीका डिएसपी तिलक भारती पनि पुगेका थिए । असई पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका तिलक भारती महराको राजनीतिक पहुँच र प्रभावका कारण सधै| अतिरिक्त आम्दानी हुने राम्रा र सुविधाभोगी ठाउँमा बस्न सफल भएका प्रहरी अधिकारी हुन्। महराको ज्वाइँ नाता पर्ने भएकै कारण उनले नराम्रो र अतिरिक्त आम्दानी नहुने ठाउँमा बस्नु परेन । सप्तरीमा दरबन्दी भएका उनी बिदा लिएरै महरालाई भेट्न कोशीको माछा लिएरै आइपुगेका थिए।

दरबारमार्गको वृत्त प्रमुख रहँदा ल्याण्डमार्क होटलको सामूहिक बलात्कार काण्डमा उनी विवादमा परेका थिए। बिदामा बसेकै कारण उनको संलग्नता नदेखिए पनि त्यसपछिका अनुसन्धान प्रक्रियामा उनको कमजोरी र पदीय आचरणभन्दा बाहिर गएपछि विवादमा तानिएका थिए। बलात्कारजस्तो त्यसमाथि सामूहिक संवेदनशील अपराधमा कार्यालय प्रमुखको हैसियतले गर्नुपर्ने जिम्मेवारी नगरेको र अनुसन्धान गहनरूपमा नगरेको आरोप लागेसँगै उनी वृत्तबाट हटाइए । त्यतिबेला महराले पनि उनलाई जोगाउन सक्ने अवस्था रहेन। उनी असई र सई हुँदा माओवादी शान्तिप्रक्रियामा आएको थिएन। त्यतिबेला नेपाली कांग्रेसका दिंवगत नेता खुमबहादुर खड्काको आडमा लेखापाल भएर लाभ लिनुसम्म लिएका थिए भारतीले। माओवादी शान्तिप्रक्रियामा आएपछि महराको प्रतापले सोह्रखुट्टे, सातदोबाटोको इन्चार्ज भए। डीएसपी बढुवा भएपछि दरबारमार्ग बृत्तको इन्चार्ज भएका थिए । 

महरालाई माछा निकै मनपर्छ भन्ने थाहा पाएरै होला डिएसपी भारती महरालाई भेट्न जाँदा कोशीका माछा लिएर गएका थिए । फ्राइ गरेको माछा लिएर पुगेका भारतीले महरालाई धित मरुन्जेल माछा ख्वाए र फर्किए। डिल्लीबजारको ‘क’ ब्लकमा रहेका महरालाई डिएसपीले माछा ल्याएर खुवाएको देखेर अन्य कैदीहरू मुखामुख गरिरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ