arrow

नहरमा डुबेको अवस्थामा पन्तको शव भेटियो

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
water-kill.jpg

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।

आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

“प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ”, प्रवक्ता चन्दले भने, “घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।” घटनास्थलको प्रहरी टोली मचुल्का गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ