arrow

हिमपात भइरहेको हुम्लाको तुम्कोट भिरमा खस्यो टिपर, दुईको मृत्यु

logo
जनक बहादुर शाही,
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
himpat-humla.jpg

हुम्ला। हिल्साबाट नाम्खा गाउपालिकाको केन्द्र याल्वाङका लागि डिजल र खाद्य सामाग्री लिएर हिल्साबाट आएको बा. ५ ख ५३४४ नंबरको ट्रिपर दुर्घटना हुँदा २ जना घाईते र २ जनाको मृत्यु भएको छ ।

 नाम्खाको हिल्सा बाट याल्वाङका लागि डिजल र खाद्य सामाग्री ल्याउने क्रममा नाम्खा गाउँपालिका–५ मुचुको तुम्कोट भिर भन्ने ठाउमा टिपर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक राजेन्द्र्रबहादुर सिंहले बताए ।    बिहान साढे ११ बजे खबर आएसँगै मुचु प्रहरी चौकीका प्रहरीलाई परिचालन गरी उद्धार गर्ने काम भई रहेको सिंहले बताए ।

हिमपातका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको  छ । चिसोका कारण प्रहरीको संचार सेटले पनि राम्रोसंग काम नगरेकाले २ जनाको मृत्यु र २ जना घाईते भएको बाहेक अरु क्षेतीका बारे केही नखुलेको प्रहरी श्रोतले जनाएको छ ।  टिपर चालकसहित २  घाइते भएको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

ट्रिपर मुल सडकभन्दा करिब ३सय मिटर दक्षिणमा खसेको छ । अन्य के कति मात्रामा हताहत भए भन्ने थाहा नभएको र उद्धारको लागि प्रहरी सहायक निरिक्षक नेतृत्वमा प्रहरी टोली घटनास्थलमा रहेको हुम्ला जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ