arrow

बबई नदि सरसफाई गर्दै कृष्ण पहाडी

logo
शरद रेग्मी,
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
krishna-pahadi1.jpg

दाङ ।  अधिकारकर्मीहरुले दाङको बबर्ई नदि सरसफाई गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको मंसीर २७ र २८ गते हुन लागेको २२ औ राष्ट्रिय परिषद् बैठकमा सहभागि हुन आएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतले ववई नदिको फोहर ब्यबस्थापन गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का बबई नदि किनारामा यत्रतत्र रहेको फोहर संकलन गरीएको शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले जानकारी दिए । सरसफाई कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल,महासचिब सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिका का कार्यपालिका सदस्य अमर नेपाली माईकल, लोककवी अर्जुन पराजुली,सामाजीक अभियान्ता लोकेश ढकाल, २२ औ राष्ट्रिय परिषद् बैठक मुलतयारी समितिका संयोजक शरद रेग्मी,शान्ति समाजका दाङका पूर्ब सभापति तेजबहादुर कार्की,स्थानियबासीन्दा,पत्रकार लगायतको सहभागिता थियो । बबई सरसफाई कार्यक्रम समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य अमन नेपाली माईकलले बोलेका थिए ।

त्यस अघि केशवराज झुपाकुमारी बृद्ध आश्रम तुलसीपुर १२ रझेनामा बृक्षारोपन गरीएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुद्धराक्षको बिरुवा रोपेर बृक्षारोपण कार्यक्रम प्रारम्भ गरीएको थियो ।

त्यस अवसरममा शान्ति समाजका संस्थापक सभापति पहाडीले घरघरमा  बिरुवा रोपेर वातावरण अनुकुलन समाज बनाउनुपर्ने सुझाब दिए । सो कार्यक्रममा शान्ति समाज केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनी,बरिष्ठ उपसभापति गोबिन्द खनालले सम्बोधन गरेका थिए । २२ औ राष्ट्रिय परिषद् बैठक मुल तयारी समिति अन्तर्गत बृक्षारोपण उपसमितिका संयोजक नवीनकुमार पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज केन्द्र अन्तर्गतको उक्त बृद्धआश्रममा बस्दै आएका दुई जनालाई च्यामन परास, हर्लिकस, लगायतका उपभोग्य बस्तु हस्तान्तण गरीएको थियो ।

कार्यक्रममा बृद्ध सेवा समितिका पदाधिकारी तथा सदस्यहरु,तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माईकल,शान्ति समाज दाङका पदाधिकारी तथा सदस्यहरु,पत्रकार लगायतको सहभागिता थियो । कार्यक्रममा धन्यबाद ज्ञापन मुलतयारी समितिका संयोजक शरद रेग्मीले गर्नुभएको थियो ।
यसअघि शान्ति समाजले मानव अधिकार र लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्ध बिद्यालय अभियान सञ्चालन गरेको छ ।

मंसीर २३, २४ र २५ गते बिभिन्न बिद्यालयमा लागू औषध-मदिरा दुब्र्यसन बिरुद्ध १० वटा बिभिन्न स्कुलमा अन्तरक्रिया गरेको हो । शान्ति समाजले लागू औषधरमदिरा दुव्र्यसन विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा भाग लिन शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत बिभिन्न तहमा रहेका राजनीतिक दलका नेता तथा शान्ति समाजका केन्द्रीय तहका पदाधिकारी तथा सदस्यहरु दाङको तुलसीपुरमा आई पुगेका छन् ।

२८ गते सम्म सञ्चालन हुने शान्ति समाजको राष्ट्रिय परिषद् बैठकमा ३ सय बढी बिभिन्न जिल्लाका प्रतिनिधि तथा परिवेक्षकहरुको सभागिता हुने छ । ९ वटा बिभिन्न प्रस्ताव माथि छलफल हुने छ । भोली शुक्रबार बेलुकी ७ बजेपछि शान्ति काब्य प्रवचन हुने केन्द्रीय महासचिव सुशील बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ