arrow

हुम्लामा दोस्रो पटक हिमपात, जनजिवन प्रभाबित

logo
जनक बहादुर शाही,
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
humla-snow.jpg

हुम्ला। दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। हुम्लामा पुनः बिहीबार बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । परेको हिउँ जमेकाले हुम्लाका अधिकांश क्षेत्र सेतै देखिएका छन् । १ इन्च भन्दा बढी हिउ जमेको छ ।

 पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ४ बजेबाट हिमपात शुरु हुँदा अन्तर जिल्ला हुने हवाई उडान प्रभावित भएपछि यातायातको एकमात्रै सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थलका प्रमुख गौरीसंकर शाहले बताए । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको र हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका शाहले बताए ।

चिसोका कारण तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले बिहानी कक्षा लिदै आएका जिल्ला सदरमुकाममा रहेका सामुदायिक र निजि बिद्यालयका विद्यार्थीलाई समस्या बनाएको बालमन्दिर मा.बि.का प्रधानाध्यापक कैलाश रोकायाले बताए ।

 दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउदे बाली गहु, जौ, लगाउने बेला हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भएको र हिउदे बाली राम्रो हुने भएकाले जिल्लाका सबै किसान खुसि भएको सिमकोट ४ हिल्दुमका किसान जंग  शाहीले बताए । हिमपातका कारण एक गाउबाट अर्काे गाउसम्म आवतजावत गर्न समस्या भएको र अहिले हुम्ला सदरमुकम सिमकोटमा स्थानिय बासिको चहलपहल न्यून छ । बाक्लो कुहिरो लागेकाले दिउसो पनि लगभग अँध्यारो जस्तै अवस्था छ । दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हिउका कारण घरपालुवा पशु चराउन लैजान समस्या भएको छ । यो सहित हुम्लामा यो वर्ष दोस्रो हिमपात भएको हो । यसअघि मंसिर १२ गते हिमपात भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ