arrow

४६ लाख तिरेर साउदीको जेलबाट छुटे महतो, सहयोगीलाई दिए धन्यवाद

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
Blood_money_mahato_(2).JPG

काठमाडौं । ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट छुटेर स्वदेश फर्किएका जलेश्वर महतोले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम उपलब्ध गराइदिएको भन्दै सामाजिक स्वयंम सेवक मिसनमार्फत् रकम पठाउनेहरुलाई धन्यवाद व्यक्त गरेका हुन् ।

मिसनले बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संकलित मध्येको बाँकी एक लाख १८ हजार रुपैयाँ महतोलाई हस्तान्तरण गरेको छ । मिसनका संयोजक सागर लामिछानेले रकम हस्तान्तरण गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा महतोले ब्लडमनीवापत् ९० लाख तोकिएकोमा ४६ लाख २५ हजार नेपाली रुपैयाँ बराबरको साउदी रियाल पठाइएपछि आफ्नो जीवनरक्षा भएको बताए । ‘ब्लड मनी वापत्को ९० लाख जुटाउने मेरो हैसियत थिएन, ४६ लाख २५ हजार सामाजीक स्वंयम सेवक मिसन नेपालले जुटाएर पठायो र बाकी रकम साउदीको जेलले मिनाहा गर्‍यो,’ चितवन स्थायी घर भएका महतोले भने ।  उक्त रकम बुझेपछि आफू घर फर्किएको उनले बताए । साउदी अदालतले सवारी चलाएर दुर्घटना भएपछि महतोलाई हत्यामा मुद्दा चलाएर दोषी ठहर गरेको थियो । घटनापश्चात अलकुरीयात जेलमा राखे पनि पछि रियाद जेलमा सारीएको  थियो ।

सामाजिक स्वयंम सेवक मिसनका संयोजक समेत रहेका अभियन्ता सागर लामिछानेका अनुसार २०७१ मा कामको सिलसिलामा साउदी पुगेका चितवन खैरेनी न.पा १० पिद्रहनीका जलेश्वर महतो कम्पनीको गाडी चलाउने क्रममा ९ महिनामा नै दृर्घटनामा भएको थियो । उनले चलाएको गाडीको ठक्करबाट एउटा मानिसको मृत्यु भएपछि हत्याको अभिगोगमा साउदी स्थित अलकुरीयात जेल चलान गरिएको थियो । हत्याको अभियोग लागेको महतोलाई साउदीको अलकुरियात जेलले ९० लाख ब्लड मनि तोक्यो । हत्याका दोषीले ब्लडमनीवापत् रकम तिरेमा सजाय छुट हुने साउदी अरेबियाको कानुनमा उल्लेख छ । ९० लाख रकम जुटाउन सामाजिक स्वयं सेवक मिसन सक्रिय भएको थियो ।

ब्लडमनी वापत्को रकम संकलन गरेर छोराको ज्यान बचाइदिएकोमा महतोका बाबु सुकरा महतोले खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । जलेश्वरकी आमा मलुई महतोले छोराको जीवनरक्षा भएकोमा सबैमा धन्यवाद व्यक्त गरिन् ।

जलेश्वर बचाऔ अभियानमा सरकारको तर्फबाट कुनै सहयोग नभएको र सरकारले लाचारीपन देखाएको सहयोगीले बताए ।  सिद्धार्थ अधिकारीले सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरु मर्कामा पर्दा बेवासता गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘सबै काम जनताले गर्ने हो भने सरकारले के भ्रष्टचारी मात्रै पालेर बस्ने ?’

मिसनकी सदस्य सुमित्रा बोहोराले पनि देशविदेश मा दुख गरेर सहयोग गर्नुहुने सबैमा धन्यवाद दिइन् । सेवा नै धर्म हो भन्दै आफ्नो नागरिकको हित र रक्षाका लागि नेपालीहरु जहाँसुकै रहेपनि सहयोग गर्ने गरेको बताइन् ।  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ