arrow

वर्तमान सरकार लक्षित वर्ग विरोधी : पूर्वमन्त्री वलायर

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
balayer2.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विर वहादुर वलायरले वर्तमान सरकार लक्षित वर्ग विरोधी भएको वताएका छन् । कार्यकर्ता भेटघाट तथा घरदैलो अभियानका क्रममा बिहिबार बोगटान फुड्सील गाँउपालीका वडा नम्वर ६ गगुडामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्वमन्त्री वलायरले यस्तो वताएका हुन्।

सरकारले स्थानीय निकायको लोकसेवा आयोगमा दलित, अपाङ्ग, महिला र मधेसी कोटालाइ कटौती गरेकाले यो सरकार लक्षित वर्ग बिरोधी भएको प्रस्ट पारे। पूर्वमन्त्री वलायरले कांग्रेस सबै दलित, महिला, युबा, मधेसीको साझा पार्टी भएको र अबसर पनि यहि पार्टीमा रहेको बताए ।

त्यस्तै केन्द्रीय सदस्य वलायरले आफु जति सुकै ठूलो पदमा पुगे पनी साधकी जीवन जिउने र दुख सुखमा जनतासंगै रहने प्रतिबद्धता समेत जनाए ।

वडा एकाइ सभापती गणेश बोगटीको सभापतित्व र केन्द्रीय सदस्य एवम पूर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री वीर वहादुर बलायरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेकपा परित्याग गरि सोहि वडाका धर्म सिह चन्द, शेर बहादुर चन्द, डम्बर सि दमाई, प्रकाश ताम्राकार, भोजराज चन्द र झकेन्द्र ताम्राकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नव प्रबेसीलाई टीका लगाउदै केन्द्रीय सदस्य वीर बहादुर बलायर स्वागत गरेका थिए । नव प्रवेशीहरुलाई केन्द्रीय सदस्य वलायरले फुलमाला लगाएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ