arrow

नेविसंघ जिल्ला अध्यक्षमा निर्मल खत्री

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
kaurab-khatri.jpg

म्याग्दी।  नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन भएका छन् । विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

नेबिसंघको केन्द्रीय समितको म्याद समाप्त भएसंगै नेतृत्व बिहिन बनेको समयमा पनि म्याग्दी जिल्लाले बिद्याथीहरुको छाता संगठनको रुपमा रहेको संगठनको अधिबेशन गरेर नयाँ नेतृत्व प्रदान गरेको छ । यो नेविसंघमा नयाँ ईतिहाँस कायम भएको छ । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल चयन भएका छन् ।

त्यस्तै समितिको सह– सचिवमा दिनेश विश्वकर्मा, आशिक भण्डारी, सविना बरुवाल, सह–कोषाध्यक्षमा सिजन शाही, छविलाल बुढा रहेका छन् भने सदस्यहरुमा सविना मल्ल, कृष्ण परियार, बिक्रम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पिला बानियाँ, सपाना परियार, प्रोजन घिमिरे, विवस केसी, अभिनाष श्रेष्ठ, एलिजा राना, सनम बुढा, जुना बस्याल, हेम घर्ति मगर, पार्वती पुन, रजनी शाही, कृष्ण बिनियाँ, इन्द्र विश्वकर्मा, तलिता रसाईली, निशा खत्री, गणेश रिजाल र विवेक चन्द रिजाल चयन भएका हुन् ।

केही समय देखी अस्तव्यस्त रहेको नेविसंघलाई अब क्रियाशिल बनाउदै विद्यार्थीको समस्याको समाधानलाई प्राथमिकता दिने नव निर्वाचित अध्यक्ष खत्रीले बताए । ‘अब पुस महिना भित्र जिल्लाको हरेक माविमा नेवि संघ गठन गर्नेछौँ’ खत्रीले भने ।
 
संगम चोक पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पूर्व सांसद रेशम बहादुर बानियाँ, पूर्व सह– सभापती नेत्र महत, सह–सभापती माधव रेग्मीले निर्वाचित कार्यमितिले नेबि संघ जिल्लालाई बलियो र पार्टीप्रती बफादार बनाएर लैजाने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै पाटी सभापति खम बहादुर गर्बुजा खम्बिरले नेबिसंघ केन्द्र देखी नै विवादमा रहेकाले जिल्लाले लामो समय देखी निस्क्रीय रहेकाले विद्यार्थीहरुको बेला बोलाएर नयाँ जिल्ला कार्यसमिति चयन गरेको बताए ।

‘केन्द्र बाट अहिलेसम्म नेविसंघको बारेमा कुनै र्सकुलर आएको छैन, तैपनी हामीले पछि आएपनि यहि समितीलाई बैद्यानिक बनाउने गरि समिति गठन गरेका हौं’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ