arrow

प्रजातन्त्रका लागि लडेका नेपालीलाई जबर्जस्ती कम्युनिष्ट बनाउन असम्भव : सुजाता कोइराला

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
gp-foundation3.jpg

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल कम्युनिष्ट मुलुक बन्न नसक्ने जिकीर गरेकी छिन् ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन, सिन्धुपाल्चोकले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाली संस्कार र संस्कृति नै प्रजातान्त्रिक भएकाले मुलुक कम्युनिष्ट बन्छ भनेर आत्तिरहनु नपर्ने उनको भनाई थियो ।

विश्वभर प्रजातन्त्र कमजोर बनिरहेका बेला नेपालमा प्रजातान्त्रिक ब्यवस्था बलियो बनाउन नेपाली कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने नेतृ कोइरालाको सुझाव थियो । ‘नेपाली जनता प्रजातन्त्रसँग रमाउन चाहन्छन त्यसैले सहमति, सहकार्य र एकताका आधारमा कांग्रेसले सबै विचार र सिद्धात बोकेका दल र व्यक्तिहरुलाई साथ लिएर हिड्नुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘प्रजातान्त्रिक विधि र पद्धती बुझेका जनतालाई जबर्जस्ती कम्युनिष्ट भनिरहनु जरुरी छैन ।’

कार्यक्रममा प्राध्यापक तथा विश्लेषक डा.जयराज आचार्यले गिरिजाप्रसाद कोइरालाको जस्तो विचार र सांगठनिक भूमिका आजको कांग्रेसलाई आवश्यक रहेको बताए । प्रजातान्त्रिक संस्कारमा हुर्किएको नेपालका कम्युनिष्टहरु लामो समयसम्म सत्तामा बसे भने मुलुक डुब्न पनि सक्दै भन्दै डा.आचार्यले भने,‘बर्तमान सरकार संचालनको अवस्था हेर्दा मुलुक ठूलो दुर्घटनामा पर्नेसक्ने अवस्था देखिन्छ ।’ त्यसैले प्रजातन्त्रलाई जोगाउन कांग्रेस पार्टी सक्षम बनाउन विचार, संगठन र चरित्र बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको औंल्याउँदै उनले भने,‘अब कांग्रेस जुट्नु पर्ने र नयाँ नेतृत्व जरुरी छ ।’

अर्का विश्लेषक उमेश भट्टराईले संघीयता र गणतन्त्र कार्यान्वयन नभए बृहत शान्ति सम्झौतालाई असर गर्ने भएकाले मुलुकमा शान्ति, मानवअधिकार, लोकतन्त्र र विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन, प्रदेश नम्बर ३ कि संयोजक रिता खनाल, अभियन्ता आङछिरिङ शेर्पालगायतले गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकालाई सम्मान गर्दै सहमति, सहकार्य र एकताका आधारमा मुलुक अघि बढ्नुपर्ने बताए । कार्यक्रम फाउन्डेसनका सिन्धुपाल्चोक सभापति थइन्द्र रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ