arrow

कांग्रेस बैठक बहिष्कारपछि वरिष्ठ नेता पौडेललगायत नेताको भेला  

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
congress-leaders-ramchandra.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्र फेरि किचलो देखिएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा निर्णयहरु गर्न खोजेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समूहले बैठक बहिस्कार गरेका छन् । 

शीर्ष नेताहरुले बैठक बहिस्कार गरे पनि सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न निर्णय गराएका छन् । देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पोडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए । 

बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहरुसंग छलफल गरेका छन् । 

कार्यसमितिमा बहुमत भएको नाममा वैठकमा निर्णय लाद्ने हो भने जे सुकै गर्नुहोस् भनेर आफू हिडेको पत्रकारहरुसँग पौडेलले बताए ।

पौडेल पक्षले अबको रणनीति तयार गर्न छुट्टै छलफल गरेको छ । 

पौडेल-सिटौला समुहले बहिष्कार गरेको कांग्रेस वैठकबाट के के पारित गराए देउवाले ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ