arrow

अयोध्या जमीन मामिलाका सबै पुनर्विचार रिटहरु सर्वोच्चद्धारा खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
supreme-court_india.jpg

काठमाडौं । भारतीय सर्वोच्च अदालतले अध्योध्या जमीन विवाद मामिलामा शीर्ष अदालतको फैसलालाई लिएर दायर गरिएका १८ वटा पुनर्विचार रिटहरु सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

पुनर्विचार रिटहरुमाथि बिहीबार सुनुवाई गर्दै सर्वोच्चले सबै रिटहरु खारेज गरेको हो । सर्वोच्चका प्रधानन्यायाधीश एसए बोबडेको अध्यक्षतामा बसेको ५ न्यायाधीशको संविधान पीठले सबै रिटहरु खारेज गरेको हो । 

न्यायाधीशको टिममा अशोक भूषण, एसए नजीर, डीवाई चन्द्रचूड र संजीव खन्ना रहेका थिए । सर्वोच्चले गत ९ नोभेम्बरमा विवादित २.७ एकड जमीनमा ट्रष्ट मार्फत मन्दिर र मुस्लिम पक्षलाई मस्जिद निर्माणका लागि अयोध्यामै ५ एकड जमीन दिने आदेश दिएको थियो । 

यो फैसलालाई पुनर्विचार गर्न १८ रिट परेका थिए । जसमा अधिकतम रिटहरु फैसलामा असन्तुष्ट मुस्लिम पक्षका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ