arrow

केपी ओलीको जिल्लामा लोकतान्त्रिक प्यानल नै विजयी 

नेकपाको संयुक्त प्रगतिशिल प्यानल भारी मतले पराजित

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
jal-kumar-gurung.jpg

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा लोकतान्त्रिक समूहले कब्जा जमाएको छ । बिर्तामोड साना शहरी खानेपानीको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलै विजयी भएको हो । लोकतान्त्रिकतर्फबाट अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ ८ सय ५० मतको अन्तरले विजयी भएका हुन् ।

गुरुङले १ हजार ७ सय ४ मत प्राप्त गर्दा संयुक्त प्रगतीशिल प्यानलर्तफका अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले ९ सय २० मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा पर्शुराम सिटौलाले १ हजार ६ सय ३७ मत प्राप्त गर्दा बुद्धिप्रसाद घिमिरेले ९ सय १८ मत ल्याए । सचिवमा मेघराज बास्तोलाले १ हजार ७ सय ३८ मत प्राप्त गर्दा जनबहादुर जवेगुले ८ सय ३८ ल्याए । कोषाध्यक्षमा सारदा रिजालले १ हजार ५ सय १० मत ल्याउँदा कमलप्रसाद पौडेलले १ हजार सय ४७ मत प्राप्त गरे ।

खुल्ला सदस्यतर्फ देवेन्द्र सिटौलाले १ हजार ६ सय ६७ मत र पारसमणी मैनालीले १ हजार ५ सय ९४ मत ल्याउँदा संयुक्त प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेले ८ सय ९० मत र  श्रीप्रसाद सिटौलाले ८ सय ९३ मत प्राप्त गरेका छन्।

महिला सदस्यतर्फ लोकतान्त्रिक समूह तर्फबाट माया प्रधान खड्गीले १ हजार ६ सय २०, सितादवी काफ्लेले १ हजार ५ सय ७९ र बालादेबी खरेलले १ हजार ५ सय ८७ मत ल्याउँदै विजयी भएका छन् । संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ९ सय ५०, बिनिता कुमारी राजवंशीले ९ सय २२ र हिमादेबी प्रसाईले ९ सय ५२ मत प्राप्त गरेकी थिइन् । 

कुल मत २ हजार ८ सय १ गणना हुँदा १२८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । नेकपाको दुई तिहाईको सरकार भए पनि विभिन्न निकटस्थ निर्वाचनमा भने हार खाँदै आएको छ । केहिदिन अघि भएको उद्योग वाणिज्य संघ झापाको चुनावमा भने राप्रपा निकट उमेदवार विजयी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ