arrow

वर्षाले दुई पाङ्ग्रे चिप्लिए, ट्राफिकद्धारा आयो यस्तो सूचना 

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
ktm-rain-new-aa.jpg.jpeg

काठमाडौँ । लामो समयपछि परेको वर्षाका कारण सडकमा सवारी साधन दुर्घटना बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार भएको बर्षामा पानी चिप्लो भई सडकमा दुईपांग्रे सवारी साधन चिप्लिएर बढी दुर्घटना भएकाले विशेष गरी दुई पाङ्ग्रे र अन्य सवारी साधनसमेत विस्तारै चलाउन अनुराध गरेको छ । 

धेरै समयपछि वर्षा हुँदा चिप्लो बढी भइरहेको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।     
     
महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।     
     
यसका साथै शुक्रबार काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ’, उनले भने ।     
     
पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।     
     
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     
     
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ