काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा पत्रकारहरुले लगाए ताला
साँचो सञ्चार सचिवलाई बुझाइयो
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
439
Shares
काठमाडौं । पत्रपत्रिका वर्गीकरणमा प्रेस काउन्सिल नेपालले विभेद गरेको भन्दै पत्रकारहरुले काउन्सिलका कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । शुक्रबार पत्रकारहरुले काउन्सिलको सिनामंगल स्थित कार्यलयमा पुगेर कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा ताला लगाएका हुन् ।
संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको छ । आइतबार सम्म समस्या समाधानमा पहल नगरिए थप कडा सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने पाण्डेले बताए । कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो भने सञ्चार सचिवलाई बुझाइएको पाण्डेले जानकारी दिए ।
प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिको आह्वानमा शुक्रबार एक घन्टाको धर्ना तथा कोण सभा गरे । उनीहरुले काउन्सिलका पदाधिकारीहरुले कसैलाई काखा र कसैलाई पखा गर्ने नीति हटाएर आफुहरुले गरेको गल्ति नसुधारेसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन् ।
धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियन तथा महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल, वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाई, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्ना्लिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य, वरिष्ठ पत्रकार चक्रपाणी नेपाल लगायतले ऐक्यवद्धता जनाएका छन् ।