- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । वम डिस्पोजल टोलीले गर्ने काममा प्रहरी आफै अघी सर्दा धनुषामा ठूलो क्षती भएको छ। धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम राखिएको सूचना पाएर घटनास्थल पुगेको प्रहरी टोलीले वम डिस्पोजल टोलीलाई खबर गर्नुको साँटो आफै निकाल्न थालेको थियो। वम निकाल्ने क्रममा अचानक भएको विस्फोटमा परि घरमुली र उनका छोराको घटनास्थलमै र एकजना प्रहरी अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।
शुक्रवार राती भएको बिस्फोटमा घाइते भएका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए।
दुई नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रध्युम्नकुमार कार्कीले दाहालको मृत्युको पुष्टी गर्दै छिरेश्वरनाथ ५का स्थानीय राजेश साहको घरमा बम बिस्फोट हुँदा साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। साह व्यवसायिक पृष्ठभुमीका थिए। आपराधिक समुहको प्रयोग गरि उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको एक प्रहरी अधिकारीले बताए।
शुक्रवार राति करिब पौने १२ बजे राजेशले शौचालय जाने क्रममा घरको गेटमा बम राखेको झोला झुन्डाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउने वित्तिकै साहको घर पुगेको प्रहरी टोली आएर बम राखिएको झोला निकाल्ने क्रममा विस्फोट भएको बताइएको छ। वमको सूचना पाएपनि वम निष्क्रिय पार्ने टोली नबोलाइ प्रहरी आफै अप्रेसनमा खटिदा दुखद घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै हाम्रा सहकर्मी निरन्जन साहले बताएका छन्। घटनाको प्रकृती हेर्दा वम भएको नजिकैबाट विस्फोट गराइएको हुनसक्ने समेत स्थानियले बताएका छन्। प्रहरीले भने अनुसन्धान शुरु गरेको बताएको छ।
बम बिस्फोटमा परी नेपाल प्रहरीका प्रहरी जवान रिजन महतो पनि गम्भीर घाइते भएका छन्। घरमुली मृतक साहका अर्का घाइते छोरा प्रकाश र छोरी अञ्जलीको गम्भीर अवस्थामा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। उनीहरुको जनकपुरमा उपचार सम्भव नभएपछि रिफर गरिएको थियो।