arrow

कांग्रेसमा सहमतिको सकस, बुढानिलकण्ठ, बोहोराटार हुँदै चाक्सीवारीमा वैठक

आइतवार १ वजे वैठक, वरिष्ठ नेता आइतवारै पाथिभरा जाँदै

logo
प्रकाशित २०७६ मंसिर २८ शनिबार
sher-ramchandra-bimalendra.gif

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तथा उनको समुहले पार्टीको केन्द्रीय समितिको वैठक वहिष्कार गरेपनि सभापति शेर बहादुर देउवाले केन्द्रीय समितिको वैठक गरेपछि नेताहरुबीच बढेको दुरी घटाउने प्रयास शनिवार विहानै देखि देखिएको छ। 

सभापति देउवा बुढानिलकण्ठको आफ्नो निवासबाट वाहिर आइ उपसभापति विमलेन्द्र निधीलाई लिएर बरिष्ठ नेता पौडेलको बोहोराटार पुगेका थिए। महाधिवेशनको कार्यतालिका ल्याउने पर्ने अडानमा रहेका पौडेललाई सहमतिमा ल्याउन प्रयास विहान सफल हुन सकेन। तर नेताहरुबीचमा आइसब्रेक भने भएकोमा कार्यकर्ताहरु खुसी देखिए। विहानको सहमति जुटाउने प्रयासलाई निरन्तरता दिन अपरान्ह ४ वजेर २५ मिनेटबाट चाक्सीवारीमा रहेको प्रकाशमान सिंहको निवासमा छलफल भएको थियो। छलफलमा उपसभापति निधी र सिंह लगायतका नेता सहभागि थिए। 

वैठक सकारात्मक रुपमा अघी बढेको जानकारी दिदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार दिउँसो १ वजे केन्द्रीय समितिको वैठक बस्ने जानकारी दिए। यद्यपी आइतवार नै वरिष्ठ नेता पौडेल सपरिवार पाथिभरा दर्शनका लागि जाने कार्यक्रम सार्वजनिक भएसँगै आइतवार उनको अनुपस्थितिमा वैठक बस्ने सम्भावना भने कम रहेको बताइएको छ।

यसअघी पार्टीभित्र सहमतिको उपाय खोज्दै निवासमा पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं अधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा नबनाएसम्म आफूहरु केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन नसक्ने जवाफ दिएर पठाएका थिए।

सभापति देउवाले विभागको केही संख्या बढाएर विभाग गठनको लागि सहयोग गर्न पौडेललाई भनेका थिए।भातृ संस्थाहरुको नेतृत्व अभावमा संगठन प्रभावित भएकोले तरुण दल र नेपाल विद्यार्थी संघ गठनका लागि पनि यहाँले सहयोग गर्नु पर्यो भनि सभापति देउवाले पौडेसँग सहयोगको लागि अनुरोध गरेका थिए।

साथै उनले आफू महाधिवेशन गर्ने कुरामा कहिँ असहमत नरहेको बताउँदै यसबारे विगतमा पनि पटक पटक कुरा गरेर सहमतिकै आधारमा पहिले विधानको दफा ७२ (४) बमोजिम अन्तरिम संरचना बनाउन राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई जिम्मा दिएको स्मरण गराएका थिए।

महाधिवेशनको कार्यतालिका आएपछि मात्रै ४ वर्षको कार्यकाल फागुनमा सकिन लागेको केन्द्रीय कार्यसमितिको समयावधि के कति थप गर्ने भन्ने बारे निधो हुन सक्ने धारणा भेटमा पौडेलले राखेका थिए। 

सभापति देउवाले विधान बमोजिम समायोजनको प्रक्रिया टुंगो नलागेसम्म निर्वाचन समितिले कार्यतालिका बनाउन नसक्ने स्थितिबारे पौडेललाई स्मरण गराएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ