arrow

प्रहरीद्धारा रिपोर्टिङ गएका पत्रकार काफ्लेको क्यामेरा खोसियो, हातपात, अपशब्द र धम्की 

घटना यस्तो थियो

logo
प्रकाशित २०७६ मंसिर २८ शनिबार
police6.jpg

मोरङ । मोरङमा एक टेलिभिजन पत्रकार समाचार संकलनका क्रममा प्रहरीको दुर्व्यबहारमा परेका छन् । पथरी शनिश्चरे वडा नं ३ र ४ का सुकुम्बासीहरुले नक्कली पूर्जा बोकेर आफुले भोग चलन गर्दै आएको जग्गा बेच्न खोजेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको र प्रहरी प्रशासनले मिलाउने धेरै प्रयास गरे पनि संभव नभएको स्थानियले गुनासो गरेपछि खबर संकलन गर्न गएका एभिन्यूज टेलिभिजनका संवाददाता गोपाल काफ्लेमाथि प्रहरीले दुव्र्यवहार गरेको हो । प्रहरीले धम्किपूर्ण भाषा प्रयोग गर्दै अपशब्द बोलेको छ ।

यसरी रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीको ज्यादती, धम्की र हस्तक्षेप हुन्छ भने सर्वसाधारणले प्रहरीबाट के आशा गर्ने ? के यहि हो प्रहरी मेरो साथी ? यहि हो मुस्कान सहितको प्रहरी ? के प्रहरी संगठन र विभागले यस्तै शिक्षा दिन्छ ? भनी स्थानियले आक्रोश पोखेका छन् ।  

घटना यस्तो थियो 
मोरङको पथरी शनिश्चरेका सुकुम्बासीले बारा घर भएका चार जना राजेश जैसवाल, बिबेक जैसवाल, दिपक काफ्ले र माधव लामिछानेलाई बिहान ८ बजेदेखि ४ बजेसम्म बन्धक बनाएका थिए । पथरी शनिश्चरे बडा नम्बर ३ र ७ मा रहेको जग्गा देखाउँदै गरेको अवस्थामा जग्गाको भोगचलन गर्दै आएका स्थानीयले उनीहरुलाई बन्धक बनाएका हुन् । 

स्थानीय सुकुम्बासीको कुटपिटबाट चारैजना घाइते भएका छन् । जग्गा हेर्न जाने समूहमा पाँच जना भए पनि एक जना भने भाग्न सफल भएको बताइएको छ । सुकुम्बासी बस्दै आएको क्षेत्रमा नक्कली लालपूर्जाको आधारमा जग्गा किनबेच हुँदै आएको भन्दै स्थानीय आक्रोशित छन् । 

२ दिन अगाडि मात्रै पथरी ईलाका प्रहरी कार्यालय समालेका डिएसपी दिलिप कुमार गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले ३ बजेसम्म पनि समस्या सुल्झाउन नसकेपछि जिल्ला प्रहरी गुहार्नु परेको थियो ।

जिल्ला प्रहरीको सहयोगमा ४ जनालाई प्रहरीले बल प्रयोग गर्दै लगे पनि सुकुम्बासीको घेरामा जिल्ला प्रहरी कार्यलय बिराटनगरको टोली पर्यो । प्रहरीले सुकुम्बासीको समुहलाई तितर बितर पार्ने धेरै प्रयास गरेपनि सुकुम्बासीले सडक खालि नगरे पछि प्रहरीले लाठि चार्ज गर्यो । सोहि समयमा रिपोटिङ गर्दै गरेका पत्रकार गोपाल काफ्लेलाई एक प्रहरीले मोवाईल क्यामेरा खोसी अपशब्द बोल्दै हातपात गरी धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

सुकुम्बासीले बन्धक बनाएकाले भने आफुहरु साथीको जग्गा हेर्न आएको समयमा एक्कासी आक्रमणमा परेको बताएका छन् । प्रहरीले बन्धक बनाएकालाई छुटाउने प्रयास गरे पनि सफल हुन सकेन । सुकुम्बासी ठुलो संख्यामा रहेकाले प्रहरीले केही गर्न नसके पछि जल्ला प्रहरीको सहयोगमा ४ बजे तिर बल प्रयोग गरी लगेको थियो । जग्गामा भूमाफियाले आँखा लगाए पनि प्रहरीले नियन्त्रणको प्रयास नगरेको भन्दै स्थानीय आक्रोशित भए ।

२०३६ सालदेखि बसोबास गर्दै आएका स्थानियसंग पुर्जा छैन भने बेला बेला जग्गा किनबेच गर्न आउनेसंग २०४०–४२ तिरको पुर्जा रहेको छ । बेलाबेला पुर्जा बोकी आउने पुर्जावालाहरुलाई स्थानिय सुकुम्बासीहरुले यसरी नै कुटपिट गरि प्रहरीका लागि बनाईएको प्रहरी बिटमा बन्दि बनाउने गरेका छन् । 

यसअघि सात पटक सुकुम्बासीले कुटपिट गरि प्रहरीलाई बुझाएका छन् भने प्रहरी कार्यालयमा कागज गरि गएपछि फेरि नयाँ ग्राहक ल्याउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ