arrow

मौसमले अझै दुःख दिने 

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
weather.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मौसमले दुःख दिने बताएको छ । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको भन्दै विभागले मौसममा सुधार हुन केही दिन लाग्ने बताएको हो ।

काठमाडौं उपत्यकामा बिहानैेदेखि चिसो रहेको छ । घाम झुल्किन सकेको छैन । 

हाल देशको अधिकांश भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहेको छ । विभागले केहि उच्च पहाडी सहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेकाले उच्च पहाडी सहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशका अधिकांश  भूभागहरुमा सामान्य बदली रहने छ । देशको पश्चिमी भू(भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी  पहाडी  भूभागको  र १ –२  स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ । हिमाली भूभागहरुमा हल्का हिमपात हुने संभावना छ।

सोमबारको पूर्वानुमान 
दिउँसो– देशको  पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती– देशको  पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबारको पूर्वानुमान

दिउँसो–देशको केहि पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती–  देशको केहि पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ