arrow

सिन्धुपाल्चोकमा बस दुर्घटनामा ज्यान जानेको संख्या १३ पुग्यो, थुप्रै गम्भीर

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि लैजाँदा लैजाँदै मृत्यु भएको  हो ।  

घटनास्थलमा रहेका स्थानीय पत्रकार चित्र मिजारका अनुसार  सुनकोशी गाउँपालिका ७ स्वाँरामा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको हो ।

कालिञ्चोक तीर्थ यात्रा गएर गाडी रिजर्भ गरेर फर्कदै गरेका भक्तपुरका यात्रीहरु दुर्घटनामा परेको बताइएको छ ।

घटनास्थलबाट १२ जनाको शव निकालिएको छ । गम्भीर घाइतेहरुको उद्दार जारी रहेको छ ।

थुप्रै गम्भीर घाइते रहेका छन् । बसमा ३० जना भन्दा बढी रहेको प्रहरीलाई उधृत गर्दै मिजारले हाम्राकुरालाई बताए ।  

नेपाली सेना, सशस्त्र र जनपद प्रहरीका साथै स्थानीयले उद्दार गरिरहेका छन् ।

घाइतेहरुको स्थानीय सदाबहार अस्पतालमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा लगिएको छ । 

बिहानै भएको घटनाका कारण तत्काल उद्दारमा समस्या भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ