arrow

'विप्लवजी, परिस्थितिलाई बुझ्नोस् र शान्ति प्रक्रियामा आउनुस'

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
pahadi.JPG

बुटवल । मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले नेत्रविक्रम चन्द  नेतृत्वको समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।

बुटवलमा मानवअधिकार तथा शान्ति समाज, रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “विप्लवजी, परिस्थितिलाई बुझ्नोस् र शान्ति प्रक्रियामा आउनुस ।”

उनले हिंसा अन्त्यका लागि नागरिकस्तरमा दबाब आवश्यक रहेको धारणा व्यक्त गर्दै सरकारले पनि दमनको नीति अख्तियार गर्न नहुनेमा जोड दिए ।  

उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल बनाउनसमेत हिंसाको अन्त्य अनिवार्य भएको उल्लेख गरे। पहाडीले आवधिक निर्वाचन महङ्गो  र खर्चिलो भएका कारण मुलुकमा भ्रष्टाचार बढेको बताए।

 समाजका अध्यक्ष डिपी खनाल, उपाध्यक्ष गोविन्द खनाललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको दबाब आवश्यक भएकामा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ