arrow

जनकपुरधाममा शंकास्पद बस्तु फेला, सर्वसधारणलाई जान रोक

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर ३० सोमबार
cooker_bomb.jpeg

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित बारह् विघाको उत्तर–पूर्व कुनामा शंकास्पद बस्तु फेला परेको छ ।  सोमबार विहान यहाँ भेटेएको शंकास्पद बस्तुको आसपासमा सुरक्षाकर्मीले सर्वसधारणलाई जान रोकेका छन् ।

आइतवार राति करिब ११ बजे संकटमोचन मन्दिरदेखि पश्चिम गल्लीमा शंकास्पद कुकर फेला परेको हो । उक्त कुकर बम भएको प्रहरीले अनुमान गरेको  छ । त्यो शंकास्पद बस्तु बम हो वा होइन् अझै यकिन सेनाले गर्न सकेका छैन ।

शंकास्पद बस्तु भेटेको दुबै ठाउँ करिब ६/७ सयको मिटरमा पर्छ । दुबै ठाउँमा नेपाली सेनाको टोली पुगिसकेको छ  । बम रहेको पुष्टि भएपछि दुबै ठाउँकोशंकास्पद बस्तु (बम) डिस्पोज सेनाले गर्ने तयारी भइरहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ