arrow

काठको मुडाले लागेर नेपाली सेनाका हवल्दारको मृत्यु

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
nepal-army-new.jpg.jpeg

डोटी । माथिबाट लडेर आएको काठको मुडा लागेर एक जना नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षिय जगतजंग थापाको मृत्यु भएको हो ।

सोमबार बिहान व्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा माथिबाट लडेर आएको मुडा उनको टाउकामा लागेको थियो । त्यसमा घाईते उनलाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याईएको थियो ।

 उनको उपचारका क्रममा मृत्यू भएको हो ।  टाउकामा गम्भिर चोट लागेकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ