arrow

योजना एकलौटी बाँडेपछि सांसद सिंहबिरुद्ध सर्वोच्चमा रिट

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ मंसिर ३० सोमबार
bhairab-singh-photo-(1).jpg

बझाङ । बझाङबाट निर्वाचित प्रतिनिधि सभा सांसद भैरव बहादुर सिंहले निर्वाचन क्षेत्रको विकासका लागि आउने स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट एकलौटी बाँडेपछि यस कार्यको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

सोमबार  बझाङबाट प्रतिनिधी सभा सदस्य समानुपातिक तर्फका सांसद प्रकाश रसाईली स्नेही, हुम्ला प्रतिनिधी सभा सदस्य समानुपातिक तर्फका सांसद रंगमती शाही र राष्ट्रिय सभाका सदस्य प्रकाश पन्तले सयुक्त रुपमा रिट दायर गरेका हुन् । अन्य सांसदहरुको जिल्लामा पनि यो कार्य भएपछि  संयुक्त रुपमा रिट दायर भएको जनाएको छ ।

बझाङ जिल्लाबाट  प्रत्यक्ष निर्वाचित  सांसद सिंह संयोजक रहेको स्थानिय पुर्वाधार विकास साँझेदार कार्यक्रम कसैको राय सुझाव नलिई आफु खुशी आफु निकट कार्यकर्ता लाई योजना बाँडेको भन्दै आलोचित भएका थिए ।  जिल्लाबाट प्रतिनिधीत्व गर्ने सांसद रसाईली सहित  दुई जना प्रतिनिधी सभा सदस्य असन्तुष्ट भएर रिट दायर गरेको प्रतिनिधि सा सदस्य प्रकाश रसाइली स्नेहीले  टेलिफोन मार्फत जिल्लाका पत्रकारलाइ जानकारी दिएका हुन  ।

 प्रतिनिधी सभा सदस्य प्रकाश रसाईलीले नेपाल सरकारको बजेट बक्तब्यको धारा २ सय १३ र नेपालको संबिधानको  धारा ८४ र ८६को बिपरित  कार्य भएकाले  योजना छनौट खारेजका लागि रिट दायर गरेको बताए ।  उनले भने  समान हैसियत भएका हामी सांसदहरुलाई बिभेद गरेकाले कानुनी उपचारका लागि तिनजना साँसद मिलेर सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । अन्य साँसद साथीहरुको जिल्लामा पनि यस्तो कार्य भएकाले मिलेर रिट दिएको वताए ।

यस कार्यक्रमको ६ करोड रकमको केहि प्रशासनिक खर्च बाहेक बझाडका साँसद भैरब सिंहले सवै आफु अनुकुल मान्छे र कार्यकर्ता लाई कमिसन मागेर योजना बाँडेको जिल्लामा ब्यापक गुनासो छ ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका प्रतिनीधी सभा सदस्य बनेका रसाईलीले यसका बारेमा पटक पटक आवाज समेत उठाउदै आएका थिए । रसाईलीका पक्षबाट बरिष्ठ अधिबक्ता हरिहर दाहल , प्रेम बहादुर खड्का, यज्ञमुर्ती बन्जाडे, बद्री बहादुर कार्की, यदु खड्का लगायत एक दर्जन अधिबक्ताहरुले बहस गर्ने बताइएकोको पनि उनले जानकारी दिए ।  

 सांसद सिंहले यसवर्ष  बाँडेका २९ वटा योजनामा कार्यकर्तामुखी भएको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ