arrow

भानु जन्मस्थलको पुर्ननिर्माणमा सामुहिक प्रयासको पहल

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
narahari-bhanubhakta-issue.gif

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको पहलमा भानु जन्मस्थलको पुर्ननिर्माण विषयमा छलफल भएको छ। आचार्य निवासमै भएको छलफलमा उनले भानु जन्मस्थलको पुननिर्माणमा सक्दो सहयोग गर्न आग्रह गरे।

भानु जन्मस्थलको निर्माण गर्दा चुँदी बेसीदेखि रम्घा गाउँसम्मको भानुभक्तको जीवनसँग चर्चिएका भूभागलाई समेट्नु पर्ने उल्लेख गर्दै आचार्यले भानु जन्मस्थल विकास समितिले मन्द गतिमा गरिरहेको कामलाई तीव्र गती दिनुपर्ने बताए। 

बेसीदेखि गाउँसम्मको छ, सात ठाउँमा भानु झल्काउने विभिन्न विधा बनाउने काम सह्राहनीय काम भएको आचार्होयले बताए। यो विषयमा चुँदी रम्घाबासीले पनि आफ्नो दृष्टिकोण बनाउन आवश्यक रहेको उल्लेख गर्दै आचार्यले भानु स्मृति गुठी मार्फत काम गर्न संस्थापन पत्र बनाउने निर्णय गरिएको बताए। 

भानु जन्मस्थल विकासका विषयमा डा.ब्रतराज आचार्यले ऐन बनाएर काम गर्दा राज्यको तर्फबाट काम गर्न सके धेरै काम गर्न सकिन्छकी भन्ने विश्वासमा भानु जन्मस्थल विकास समितिलाई अघि बढाए पनि  यसको गति अन्त्यन्तै धिमा भएको बताए। उनले पुरानो बासिन्दाको तर्फबाट गुठी बनाएर यसको विकासमा सहायक हुन सक्ने चर्चा गरे।

चुँदी रम्घा विद्वानहरुको उत्पत्ति स्थल हो भन्दै रामचन्द्र घिमिरेले भानुक्त आचार्यको जन्मस्थल र अन्य क्षेत्रको विकासका लागि संयुक्त पहल गर्ने बताए। 

कार्यक्रममा विधान आचार्यले भानु जन्मस्थल विकासको जिम्मा र दायित्व हामी सबैसँग समान रहेको बताए।काशिराज आचार्यले यसको समग्र विकासका लागि हामी सबैले सकेको काम आफै गर्नुपर्ने अबसर आएको बताए। छलफलका सहभागीहरुले ३ सदस्यीय संस्थापना पत्र बनाउने समिति बनाउन सहमत भएका छन्। जसमा डा.ब्रतराज आचार्य, विधान आचार्य र मणी आचार्य रहेका छन्। 

कार्यक्रममा दुर्गाभक्त ढकाल, कर्णबहादुर रानाभाट, मणी आचार्य, विनोद आचार्य, प्रभा भट्टराई, सुजन पण्डित, सम्पा आचार्य, रमेश आचार्य, उत्तम आचार्य, सुरेन्द्रदेव आचार्य, श्याममणी आचार्य, टोपेन्द्र राना मगर लगायतले धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ