arrow

बर्दिया निकुञ्जले नागरिक मैत्री नीति निर्माण गर्नुपर्नेमा जोड

logo
मुरली गोडिया,
प्रकाशित २०७६ पुष १ मंगलबार
group.jpg

बर्दिया । बर्दिया निकुञ्जले अब नागरिक मैत्री नीति निर्माण गर्नुपर्ने देखिएको छ । मानव वन्यजन्तु बीचको बढ्दो द्धन्द, नागरिकहरुमा फैलिएको सन्त्रास कम गर्नका लागि पनि यसको महत्व बढेको देखिन आएको छ । यस्ता समास्या समाधानका लागि अबका दिनहरुमा निकुञ्जले नीतिनिर्माणमा ध्यान दिनु पर्ने बताइएको छ । गुलरियामा आयोजना भएको एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले यस विषयमा ध्यानाकर्षण गराउँदै अब निकुञ्जले नागरिक मैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।

हात्ती संरक्षणका लागि बर्दियामा गरिएको राष्ट्रिय गोष्ठीमा महासंघका अध्यक्ष धितालले निकुञ्जले गरेका हरेक क्रियाकलाप मार्फत निकुञ्ज नजिक बसोबास गर्दै आएका नागरिकहरुलाई लाभ पुग्नु पर्नेमा जोड दिएका हुन । बर्दिया राष्ट्रिय निकुञ्जले गर्दै आएको क्रियाकलापको चित्रण गर्दै अगामी दिनहरुमा निकुञ्ज क्षेत्रका नागरिकहरुलाई टेवा पुग्ने खालका नीतिनिर्माण गर्न अनुरोध गरेका हुन । अध्यक्ष धितालका अनुसार बर्दिया जिल्लाको विभिन्न क्षेत्र मध्ये गेरुवा गाँउपालिकाका  नागरिकहरु निकुञ्जकै कारण विगतदेखि मर्का खेप्दै आएको स्मरण गराएका छन । साविकको पाताभार, मनाउँ, गोलाका नागरिकहरु बढै पिडित भएको उनको ठम्याई थियो । त्यस्ता समास्याहरु निराकण हुने गरि निकुञ्ज प्रशासनले नीति निर्माण गर्नुपर्ने अवश्यकता रहेको उनको भनाई थियो ।

बर्दिया जिल्लामा रहेका पर्यटकिय क्षेत्र बढैयाताल, सत्खलुवा ताल, जस्ता क्षेत्रमा विभिन्न ठुला होटल रिसोर्ट, होमस्टे निर्माण भएका छन । उक्त निर्माण गरिएका संरचनाको आसपास  बासोबास गरिरहेको नागरिकहरुले केही न केही लाभ पाइरहेको बताए । सोही अनुरुप निकुञ्जले पनि नजिकका नागरिकका लागि फाइदा हुने नीतिको लवलम्बन गर्न अनुरोध गरे । बर्दिया राष्ट्रिय निकुञ्ज र बर्दियाका संचारकर्मी पत्रकारहरु बीचको सम्बन्ध अझ सुमधुर एवं अवश्यक राय, सल्लाहका लागि गोष्ठीको अयोजना गरिएको थियो ।

गोष्ठीमा बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती  संरक्षण तथा मानव हात्ती सह अस्तित्वका लागि राहत सम्बन्धी ब्यवस्था र हात्ती व्यवस्थापन योजना निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरे । निकुञ्ज का प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, सहयाक संरक्षण अधिकृत असीम थापा, उज्यालो नेपालका अध्यक्ष तथा पुर्व प्रमुख संरक्षण अधिकृत रमेश थापा लगायत जिल्लाका संचारकर्मीको उपस्थितीमा कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालको अध्यक्षतामा कार्यक्रम भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ