arrow

उपसभामुखबाट विद्याले लिइन् शपथ

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
bidhya-sapath.jpg

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा मंगलबार आयोजित  समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन् ।

 प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित भएकी थिइन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो ।

सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुन् । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उनी विजयी भएकी हुन्  ।

शपथपछि सञ्चारकर्मीको प्रश्नमा उनले भनिन् – “संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछु ।”

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सङ्घीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ