arrow

एसपीको नेतृत्वमा गएको प्रहरीले फाड्यो दस हजार बोट गाँजा

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
gaja-bot.jpg

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१, बेलडाँडामा लगाइएको गाँजा खेती प्रहरीले मंगलबार नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवा र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगस्थित चुरे क्षेत्रमा झण्डै अढाई बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

 बिक्री गर्ने उद्देश्यले पाखो बारीमा रोपिएको करिव दस हजार बोट गाँजा फडानी गरिएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए । सर्लाहीमा भर्खरै सरुवा भएर आएका एसपी पोखरेलकै नेतृत्वमा मंगलबार बिहानै प्रहरीको टोली सुराकीको आधारमा गाँजा फडानीका लागि बेलडाँडा पुगेको थियो ।

आफूहरु त्यहाँ पुग्दा स्थानीय वासिन्दा कोही पनि देखा नपरेका एसपी पोखरेलले बताए। जिल्लाको उत्तरी चुरेक्षेत्रका अन्य बस्तीमा पनि यसैगरी लुकिछिपी गाँजा खेती भइरहेको सूचना आएकाले प्रहरी परिचालन गरेर नष्ट गर्ने योजना बनाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ