arrow

भारतीय जीपको ठक्करबाट मृत्यु

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
dead2.jpg

कञ्चनपुर । भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जीपको ठक्करबाट घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए ।

त्यसैगरी जीप चालक भीमदत्तनगरपालिका–१० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएका छन् । प्रहरीका अनुसार घाइते बमलाई प्रहरीकै निगरानीमा उपचारका लागि धनगढी लगिएको छ । ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा राखिएको छ भने मृतकको शवपरीक्षणका लागि महाकाली अस्पताल भीमदत्तनगरमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ