arrow

संक्रान्ति बजारमा आगलागी भएको तीन बर्ष पूरा, प्रचण्डको राहत घोषणा आश्वासनमै सीमित

७३ परिवार विस्थापित, ७ घरमात्र बने 

logo
अमृत बास्तोला, 
प्रकाशित २०७६ पुष १ मंगलबार

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको ३ वर्ष पुरा भएको छ । २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो। आगलागी भएदेखि आठराई बासीले पुस १ को दिनलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

भिषण आगलागीबाट संक्रान्तिबजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए। आगलागीबाट रु १४ करोड ८ लाख रुपैयाँ बराबरको क्षति भएका थियो। आगलागी भएको दुई वर्ष पुरा हुदाँसम्म पीडित परिवारले नेपाल सरकारद्धारा घोषित राहात अझै पाएका छैन् ।आगलागी क्षेत्रमा घरहरु समेत बन्न सकेका छौनन् ।

आगलागी भएको क्षेत्रमा अहिलेसम्म ७ वटा मात्र घर बनेका छन्। आगलागीपछि आएका विभिन्न संघ संस्थाका राहतले पीडितहरुको पीडामा मलमपट्टी लागे पनि, सर्वस्व गुमाएका पीडितहरुले पुनःनिर्माणको काम गर्न नसकेको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले बताए । 

सरकारद्धारा घोषित राहत उपलब्ध हुने आशले संक्रान्तिबजार पुनःनिर्माण हुन सकिरहेको छैन। संक्रान्तिबजार आगलागीले सरकारकै ध्यान खिच्यो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका जम्बो टोलीले पीडितसंग भेटघाट गरी आगलागी क्षेत्रको निरीक्षण गरेर विशेष राहत प्याकेज घोषणा गर्यो। तर पनि पीडितहरुले सरकारबाट घोषित राहत प्याकेज पाएनन्। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गरेको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज अग्नि पीडितहरूले हालसम्म पाएका छैनन् । भिषण आगलागी क्षेत्रको २०७३ वर्षको पुस १९ गते स्थलगल निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गरेका थिए । 

आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त २६ घर परिवारको ३२ घरहरु निर्माणका लागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाखप्रति घर २ प्रतिशत ब्याजदरको सहुलियत ऋण झन्झटिले प्रक्रियाले पीडित परिवारले लिन सकिरहेका छैनन् ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले आगलागी भएको वर्षको नै तेह्रथुमका आगलागी पीडितहरुले आवास पुननिर्माणका लागि पूनःउद्धार कोष मार्फत सरकारी कारोवार गर्ने स्थानीय बाणिज्य बैकबाट ऋण उपलब्ध हुने निर्णय गरेको थियो । घरधनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुने भनिए पनि पीडितले सरकारको राहतको महशुस समेत गर्न पाएका छैनन् ।

सरकारको राहत प्याकेज यस्तो थियो
सरकारको तर्फबाट प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुका लागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाई पुर्नःनिर्माण तथा व्यवसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रान्ति बजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडेलको सन्चालन, दमकल खरिद, संक्रान्ति बजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिने समेत प्याकेजमा घोषणा भए पनि स्थानीयले अहिलेसम्म प्याकेजको महसुस समेत गर्न पाएका छैनन् ।

प्रधानमन्त्रीले तत्कालै संक्रान्ति बजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धित ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताए पनि आठराईबासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रम मार्फत गरिने तत्कालिन प्रधानमन्त्री प्रचण्डले बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ