arrow

ट्रम्पलाई महाभियोग

शक्ति र सत्ता दुरुपयोगको आरोप

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले उनलाई महाभियोग लगाएको हो । 

यो मुद्दा अब माथिल्लो सदन सिनेटमा जानेछ । सिनेटले नै ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।

डेमोक्रयाट्स पार्टीका सबै सांसदले आरोपको पक्षमा मतदान गर्दा रिपब्लिकन्स पार्टीका सबै सांसदले विपक्षमा मतदान गरेका थिए । 

महाभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो ।

त्यस्तै दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा पक्षमा २२९ र विपक्षमा १९८ मत परेको छ । 

मतदान अघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा तातो बहस भएको थियो । बहसको सुरुमा बोल्दै सभामुख न्यान्सी पेलोसीले ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएकाले महाभियोग लगाउनुको विकल्प नभएको जिकिर गरेकी थिइन् । 

यो महाभियोग खेप्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । यसअघि एन्ड्रयु जोन्सन र बिल क्लिन्टनले महाभियोगको सामना गर्नुपरेको थियो । 

तर उनीहरु महाभियोगबाट हटाइएका भने थिएनन् । ट्रम्पको भविश्य के होला ? 

उनले भरपूर मात्रामा शक्ति र सत्ता दुरुपयोग गरेको आरोप छ । भएको शक्तिको संचय र सत्ताको सही सदूपयोग नगर्ने हो भने महाभियोगको सामना जस्तासुकैले पनि गर्न सक्छन् भन्ने प्रमाण हो यो । 



लोकप्रिय समाचार
नयाँ