arrow

कांग्रेस मुख्यालयमा नेविसंघको रिले अनसन 

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
nebi2.jpg

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय वीपीनगर सानेपामा कांग्रेसके भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का रिले अनसन बसिरहेको छ । 

पूर्व महामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरुले विधान अनुसार महाधिबेशन सुनिश्चितता गर्न माग गर्दै रिले अनसन बसेका हुन् ।

बुधबार मध्यान्न्ह १२ बजेदेखि सानेपामा १२ घण्टे रिले अनसन सुरु भएको हो । बुधबार मध्यान्ह १२ बजेदेखि मध्यराति १२ बजेसम्म रुपा शर्मा, पद्यमा भुषाल, बन्दा बोगाटी, रोश्मीता कार्की र ललिता श्रेष्ठ अनसन बसेका थिए  । 

बुधबार मध्यरातिदेखि बिहीबार मध्यान्ह १२ बजेसम्मका लागि कृष्ण पुडासैनी, शतिश शाह, प्रकाश विष्ट लगायतका विद्यार्थी नेताहरु रिले अनसनमा बसेका छन् ।

बिहीबार मध्यान्ह १२ बजेदेखि मध्यरातसम्म अनसनमा बस्नेहरुको तयारी भइसकेको पूर्व महामन्त्री काफ्लेले जानकारी दिए । 

नेबिसंघको बिधान २०२७ को सातौँ संशोधन कार्यान्वयन भई ३२ वर्ष उमेर हद लागी २० जिल्ला अधिबेशन सम्पन्न भइसकेको, ४० जिल्लामा तल्लो तहको अधिबेशन भएको र १६ जिल्लामा अधिबेशनको प्रकृया शुरु भइसकेको अवस्थामा केन्द्रीय समिति पनि ३२ बर्षभन्दा कम उमेरका विद्यार्थीलाई राखेर बनाउनु पर्ने माग उनीहरुको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ