arrow

स्वतन्त्रता बिरोधी बिधेयक तत्काल फिर्ता लिन सरकारसँग आग्रह

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
parliament1.png

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको नेपाल बिशेष सेवाको गठन र संचालन सम्बन्धि कानूनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक प्रति मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण जनाएको छ ।

समाजका तर्फबाट सभापति उत्तम पुडासैनीद्वारा बिहिबार जारी विज्ञप्तिमा भनिएको छ,'आम नागरिक माथि स्वेच्छाचारी तवरले गुप्तचरीलाई बैधता दिने र नागरिकको गोपनियताको अधिकार माथी धावा बोल्ने नियतले अभिप्रेरित यो बिधेयक एकातिर राष्ट्रसंघिय मानव अधिकारको बिश्वब्यापी घोषणापत्रको धारा १२ ले प्रत्याभूत गरेको गोपनियताको हकको प्रतिकूल छ भने अर्कोतिर नेपालको संबिधानको भाग ३ मौलिक हक र कर्तब्य अन्तर्गत धारा २८ मा प्रत्याभूत गोपनियताको हकको मर्म बिपरित छ ।'

स्वतन्त्रता बिरोधि यो बिधेयकलाई तत्काल फिर्ता लिन मानव अधिकार तथा शान्ति समाज सरकार समक्ष आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ