arrow

रिजवान अन्सारीका १० केन्द्रीय सदस्य एकनाथको परिवार दलमा

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
eknath.jpg

काठमाडौं । रिजवान अन्सारी नेतृत्वको नेपाल संघिय समाजबादी पार्टीका १० केन्द्रीय सदस्यसहित दजनौ ब्यक्ति परिवारर दलमा प्रबेस गरेका छन् ।  बिहिबार राजधानीमा आयोजित बृहत राजनैतिक भेला पश्चात परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई माला तथा पार्टी सदस्यता प्रदान गदै दलमा भित्रयाएका हुन् ।

नेपाल संघिय समाजबादी पाटीका केन्द्रीय सदस्य अनिल भण्डारीको नेतृत्वमा १० जना केन्द्रीय सदस्यहरु परिवार दलमा प्रबेश गरेका हुन् । यसरी प्रबेश गर्नेहरुमा केन्द्रीय सदस्य एवम् महिला बिभाग प्रमुख बुद्धिमाया पुन केन्द्रय सदस्यहरु सुबेन्द्र बस्नेत जय लक्ष्मी छत्याल, अमृत ढकाल  रोमु भजेल मगर, लिलाराज पौडेल, राधेश्याम फुयाल, बुद्धि गुरुङ सुरज तामा रालगायतका रहेका छन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउँदै पूर्वमन्त्रीसमेत रहेका ढकालले पार्टी प्रबेश गर्नेलाई पार्टीको उचित जिम्मेवारी दिने बताए । सम्पूर्ण  देशभक्त, बिकासप्रेमी र परिर्वतनका पक्षहरु एकजुट भएर अगाडि बढ्न आग्ह गरे । उनले यथास्थतीबादी, पश्चगामी अतिबाद मुलकको बिकासको बाधक भन्दै बर्तमान  संबिधानको सवल कायान्वय द्धारानै मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव भएको बताए ।

ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यन्वयन, असल संस्कार, शुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको बताए । अध्यक्ष ढकालले ठूला पार्टी अब्यबस्थित प्लटिङ गरेको जमिन जस्तै भइसकेको आरोप लगाए । ढकालले पार्टी प्रबेशले परिवार दलललाई बैकल्पीक शत्ति बन्न थप बल प्राप्त भएको स बताए ।

परिवार दलका प्रवत्ता सन्तोषकुमार पौडेलले परिवार दलले बैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्न भन्दै विभिन्न राजनैतिक दलहरुसँगको संबादलाई पनि तिब्र बनाएको बताए । पहिलो र दोस्रो संबिधान सभामा प्रतिनिधित्व रहे पनि हाल संसदमा भने प्रतिनिधित्व नरहेको नेपाल परिवार दलमा दिनहु प्रवेश गर्नेको लहर देखिएको छ । परिवार दलले ३ बुदे राजनैतिक सहमति गरी नेकपालाई गत निर्बाचनमा सघाएको थियो ।

पार्टी प्रवेश पछि बोल्दै अनिल भण्डारीले नेपाल संघिय समाजबादी नेपाल व्यक्तिवादी सोचाबट आगाडी बढेकोले पार्टी छोडेको बताए । उनले परिवारदल शान्तिवादी दल र लोकतन्त्रप्रति विश्वास राख्ने दल भएकोले पार्टी प्रवेश गरेको जानकारी दिए । उनले आफुले सम्पुर्ण राष्ट्रको राजनीतिक दलको खोजमा रहेको त्यो दल परिवार दल पाएको बताए ।  

परिवार दलको पुस २ गते बसेको बैठकले समान दृष्टिकोण, मुद्धा तथा लक्ष्य भएका विभिन्न राजनैतिक दलहरु, स्वतन्त्र व्यक्तित्व तथा समूह लगायत संग बार्ता गरि सहकार्य, एकीकरण वा पार्टीमा प्रवेश गराउन महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा राजनैतिक बार्ता समिति गठन गरे लगतै नेपाल संधिय समाजबादी पार्टीका एक तिहाई केन्द्रीय सदस्य परिवर दलमा प्रबेश गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ