एकआपसमा जुधेका दुई मोटरसाइकललाई ट्रकले ठक्कर दियो, एक जनाको घटनास्थलमै मृत्यु
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ३ बिहिबार
292
Shares
धनुषा । एकआपसमा जुधेका दुई मोटरसाइकललाई ट्रकले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने अन्य दुई जना घाइते भएका छन ।
विहिवार साँझ करिव ५ :४५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर स्थित बसही पुल नजिक तिव्र गतिमा रहेको दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा ट्रकले पनि ठक्कर दिएको प्रहरी स्रोतले बतायो।
पूर्वपक्षिम राजमार्ग ढल्केवर चौकभन्दा पूर्व रोइल सम्राट होटल नजिक पूर्वबाट पक्षिम आइरहेको ज ९ प ९८५९ नम्बरको होन्डा साइन र पक्षिमबाट पूर्व गइरहेको ना ६५ प ९२९२ नम्बरको पल्सर मोटरसाइकल ठोकिदा होन्डा साइनमा सवार व्यक्तिको घटना स्थलमै मृत्यु भएको छ भने पल्सरमा सवार दुई जना घाइते भएका छन ।
फेरि पछाडिवाट आएको ना ५ ख ८२९६ नम्बर को ट्रकले त्यही मोटरसाइकलमा ठोकेर चालक फरार रहेको ढल्केवर प्रहरीले बताएको छ ।
दुर्घटनामा ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका ३ हरिरियरपुर मामा घर बस्ने २० वर्षीय दिप कुमार महतोलाई जनकपुर प्रदेशिक अस्पताल पुर्याइए पनि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
घाइते हुनेमा ना ६५ प ९२९२ नम्बर पल्सर मोटरसाइकल सवार धनुषाधाम नगरपालिका वडा नम्बर ९ धरापानी बस्ने २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर रहेका छन् । दुबै जनाको ढल्केवरमा उपचार भइरहेका ढल्केवर प्रहरीले बताएको छ ।
दुबै मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ८२९६ नम्बर ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएो छ भने ट्रकका चालक फरार रहेका छन् ।