arrow

चिनौं सिमाना जोगाऔं माटो भन्दै कुन्दनले सार्वजनिक गरे नेपालको नक्सा

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार

झापा । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा अतिक्रमण गरेको भन्ने चर्चा चलेसंगै नेपालको वास्तविक नक्साको खोजी तीव्र रुपले भइरहेको छ।

नेपालको संविधानमा समेत सही नक्साको प्रयोग नभएको पाइएपछि अहिले नागरिक समाजका अगुवाहरु प्रमाण पुर्याएर नेपालको सीमा जोगाउने अभियानमा पनि छन् । 

यसै सन्दर्भमा नेपालको वास्तविक नक्सा भन्दै सार्वजनिक गर्ने क्रम बढेको छ । 

उक्त सेरोफेरोमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा ‘चिनौ सिमाना जोगाऔं माटो’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा नेविसंघले नेपालको नक्सा सार्वजनिक गरेको हो 

कार्यक्रमका प्रमुख अतिथि बनेका नेविसंघका निवर्तमान केन्द्रीय महामन्त्री कुन्दन काफ्लेले लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरिएको नेपालको नक्सा सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा काफ्लेले प्रधानमन्त्री केपी ओलीको कमजोर नेतृत्वका कारण देश असफलतातर्फ उन्मुख भएको आरोप लगाए ।

शुक्रवार झापामा नेविसंघले “चिनौं सिमाना, जोगाऔं माटो” भन्ने मूल नाराको साथ आयोजना गरेको सभालाई सम्बोधन गर्दै काफ्लेले अस्पतालको शैयामा बसेर उखान टुक्का भन्दैमा देश नचल्ने बताए ।

“सीमा विवाद समाधान गर्न सरकारले केही गर्न नसकेबाट प्रधानमन्त्री ओलीको राष्ट्रियता देखाउने दाँत मात्र प्रमाणित भएको छ” काफ्लेले भने ।

सोही अवसरमा १५ सय विद्यार्थीका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेती, नेविसंघ झापाका प्रवक्ता सञ्जय निरौला लगायतले नेपालको स्वतन्त्र अस्तित्व रक्षाका लागि सबै विद्यार्थीहरु एक हुनुपर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ