arrow

प्रतिष्ठानमा थापासहित पोखरेल र बडूको नाम सिफारिश

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
karnali-health-academy.jpg

काठमाडौँ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ ।

प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गरेका हुन् ।

जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गरेका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत छन् ।
 
सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्ने प्रतिष्ठानको ऐनको प्रावधान रहेको छ । शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ