arrow

सिंहदरबारमा पञ्चायती माक्र्सवाद – विश्वप्रकाश शर्मा

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
bishwa-prakash-sharma.jpg

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सरकार अवैधानिक प्रतिगमनको संवैधानिक तयारीमा लागेको भन्दै आपत्ति जनाएका छन् । 

उनले समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै ‘अवैधानिक प्रतिगमनको संवैधानिक तयारी ! अर्थात् नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ! अर्थात् सिंहदरबारमा पञ्चायती माक्र्सवाद !’ भनेका छन् ।

यसबारेमा थप स्पष्ट पार्दै हाम्राकुरासंग उनले भने, ‘यो ऐन पारित भयो भने व्यक्तिको वैयक्तिक स्वतन्त्रता रहँदैन । सरकारले जे चाह्यो त्यही गर्न सक्छ । हामी दुईबीचको टेलिफोन रेकर्ड गर्न चाह्यो भने गर्छ र सार्वजनिक गर्छ ।’

उनले थपे, ‘अदातलको आदेश नलिई फोन ट्याप गर्छ यो ऐन ल्याएपछि । पञ्चायतका बेलामा समेत पनि सरकार यति क्रुर थिएन । यो अवैधानिक प्रतिगमन भयो ।’

प्रवक्ता शर्माले यसरी व्याख्या गरिरहँदा शुक्रबारदेखि सुरु हुने संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले यो विधेयकमा ब्यापक विरोध गर्ने निश्चित प्रायः छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ