arrow

२४ एसपीको सरुवा, कसको कहाँ ?

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
Nepal-Police-new-tt.png

काठमाडौं। प्रहरी प्रधान कार्यालयले २४ जना  प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ। प्रहरी उपरीक्षकहरूले पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट खाने गरि सरुवा गरिएको छ ।

सरुवा सुची अनुसार प्रचण्डको गृह जिल्ला चितवनमा गंगा पन्तलाई पठाइएको छ भने दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा तानिएको छ।  धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ। झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।

त्यस्तै, कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ। 

चितवनका दान बहादुर मल्लले अब बिमानस्थल सुरक्षा कार्यालयमा काम गर्नेछन् । स्याङ्जामा जनर्दन जिसीलाई पठाइएको छ। प्रदेश ट्राफिक कार्यालय बारामा भने श्याम कुमार महतोलाई पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ