arrow

रामदेवको हातमा सीताको उपचार

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
sita-patanjali.jpg

काठमाडौं । देश विदेशको उपचारपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार पतञ्जली योगपिठमा हुने भएको छ ।

प्रचण्ड पत्नी सीता दाहाल छोरी गंगा दाहालसँग रामदेवको हरिद्वारमा रहेको पतञ्जली योगपिठ पुगेकी हुन् । उनीहरुसँगै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि रहेका छन् ।

हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको छोरी गंगा दाहालले जानकारी दिएकी छन् । उनका अनुसार सीताको उपचार सुरु भइसकेको छ । रामदेवकै प्रत्यक्ष अनुगमनमा सीताको उपचार सुरु भएको हो ।  

गंगा दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँग भएको भेट तस्विरहरु पनि सार्वजनिक गरेकी छन् ।

सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । तस्बिरमा सीता निकै दुब्लाएको देखिन्छ । उनी अरुको सहाराबिना हिँड्न सक्ने अवस्थामा छैनन् ।  

यसअघि ‘प्रचण्ड’ ले सीतालाई  संयुक्त अरब इमिरेट्स (युएई) लिएर गएका थिए । सीता दाहाललाई लामो समयदेखिनै मधुमेह, रक्तचाप, पाठेघर लगायतका समस्या रहेको छ ।  सीताको सिङ्गापुरमा वाटरथेरापी उपचार गराइएको थियो ।

छोरा प्रकाशको  मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। काखका छोराछोरी गुमाउनुपर्दा सीता पिडित रहेकी छन्।  प्रकाशको  मृत्यु  अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको देखिन्छ भने उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ