arrow

प्रहरी नायब निरिक्षक १५ हजार घुस सहित पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ५ शनिबार
nepal-police-lago.jpeg

जनकपुर। धनुषामा एक प्रहरी(सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुसको रकम सहित पक्राउ गरेको छ ।

 धनुषा जिल्लाका  यज्ञभूमी प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)  कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बर्दिबास टोलीले घुसका रकम सहित गरेका छन ।

शुक्रवार साँझ दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारका टोलीले सइ पंजियारलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट घुसका रकम सहित अख्तियार का टोलि पक्राउ गरेका हुन् ।

घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ