arrow

समाजवादीसँग पार्टी एकता प्रकृयाबाट पछि हटे राजपा सकिन्छः श्रेष्ठ

नेकपाको चक्रब्युहमा राजपा नफस्ने विश्वास

logo
प्रकाशित २०७६ पुष ५ शनिबार
rajendra-shrestha-forum.jpg

काठमाडौं। समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेकपा र राजपाबिच भएको सहमतीले समाजवादी पार्टी र राजपाबिचको एकता प्रकृयामा असर नपर्ने दावी गरेका छन् । उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र रहेको बताए। 

तर दुई पार्टीको एकता प्रकृयाबाट पछि हटे राष्ट्रिय राजनीतिमा राजपाको औचित्यता सकिने चेतावनी दिए।श्रेष्ठले आफ्नो पार्टी र राजपाबिच लामो समयदेखि एकता वार्ता भइरहेको र वार्ता निष्कर्षमा पुग्न लागेको कुराले नेकपा लगायत देशका पुराना शक्तिहरू आत्तिएको बताउँदै त्यसलाई भाड्न सिखण्डीहरूको प्रयोग गर्न थालेको बताए।

उनले नेकपाको चक्रब्युहमा राजपा नफस्ने विश्वास व्यक्त गर्दै भने, ‘पार्टी एकता प्रकृयाबाट राजपा पछि हटे राष्ट्रिय राजनीतिमा उसको औचित्य सकिन्छ । उत्पीडित समुदायले त्यसको हिसाव किताव राख्ने छ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका सांसद श्रेष्ठले सङ्घीय समाजवादी फोरम सरकारमा सामेल हुँदाको बखत संविधान संशोधनको सम्बन्धमा भएको दुईबुँदे सम्झौता कार्यान्वयनमा नेकपा र यस्को नेतृत्व उदासीन रहे पनि त्यसको कार्यान्वयनका लागि पहल लिनु आफ्नो पार्टीको दायित्व भएको बताए । उनले सम्झौता कार्यान्वयन नगरी धोका दिए कम्युनिष्ट पार्टीको निधारमा सदाका लागि विश्वासघातको दाग लाग्ने बताए ।

सांसद श्रेष्ठले आफनो पाटी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव कानुन मन्त्री समेत भएकाले अब छिट्टै संविधान सशोधनको प्रकृया थालनी हुने भन्दै राजपाले यसमा असर पर्ने गरी कुनै काम नगर्ने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ