धनकुटाको छथरजोरपाटीमा दर्जनौ यूवा कांग्रेसमा प्रवेश गराए रिजालले
विजय राई,
प्रकाशित २०७६ पुष ५ शनिबार
490
Shares
धनकुटा। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मिनेन्द्र रिजालले धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाको सिधुवा बजारमा आज विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्।
सिधुवा बजारमा आयोजित वृहत आमसभामा नेता रिजालले राजनैतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसले अव आर्थिक कान्तिको नेतृत्व गर्ने बताए। उनले नेपाली कांग्रेसले मात्र मुलुकलाई समृद्धी र मुलकबासीलाई सम्पन्न बनाउने बताए।
नेपाली कांग्रेस मोरङ्ग सभापति तथा संविधान सभा सदस्य डिक वहादुर लिम्बुले मुलुकभर कांग्रेसको पक्षमा जनलहर आएकोले अव कांग्रेसले पनि आफुलाई रुपान्तरण गर्नु पर्ने बताए।
नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, प्रतिनिधि सभाका सदस्य प्रकाश रसाईली, संविधान सभाका सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य इन्दिरा थापा, जिल्ला सदस्यहरु कमोट फागु, निर्मल ओझा, नेपाल महिला संघका पूर्व केन्द्रीय सदस्य टिका भण्डारी लगायत अव कांग्रेसले जनताका पक्षमा सडक,सदन लगायत सवै क्षेत्रमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने वताए।
नेपाली कांग्रेस छथरजोरपाटी धनकुटाका सभापति छत्र सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, नेपाल प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग, नेपाल तरुण दल धनकुटका उपाध्यक्ष युवराज पराजुली, नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, नेपाल दलित संघ धनकुटका उपाध्यक्ष हरी दियाली लगायतले छथरजोरपाटी लगायत समग्र धनकुटाको विकास र समृद्धीका लागी धनकुटा कांग्रेसले अभियान संचालन गर्ने बताए।
सो अवसरमा छथर जोरपाटीका विभिन्न वडाहरुबाट नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुहुने नेकपाका यूवा नेता गिरिजा दाहाल, राम राई, सरद कार्की, ख्याम वहादुर मगर, प्रविना नेपाली, खिन्द्र वहादुर लिम्बु, डिल्ली वहादुर भट्टराई, निर कुमार श्रेष्ठ, राम बहादुर दर्जी, सरोज लिम्बु, राज कुमार राई,पारस राई,लगायत १सय २७ जनालाई नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, धनकुटका सभापति अग्नी प्रसाद पौडेल, मोरङ्ग सभापति डिक वहादुर लिम्बु लगायतले फुल माला अविर लगाई नेपाली कांग्रेसमा स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका थिए।
सो अवसरमा नव प्रवेशीहरुले नेपाली कांग्रेसले मात्र अव मुलुकलाई सही रुपमा नेतृत्व गरेर अगाडी बढाउने सक्ने र मुलुकलाई चाडै नै समृद्धी बनाउन सक्ने भएकाले कांग्रेसमा प्रवेश गरेको बताए।