arrow

प्रधानमन्त्री ओलीद्वारा दिदीवहिनीबाट टीकाग्रहण

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
856422127.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा आज दिदी विष्णुमाया शिवाकोटी र वहिनी विष्णुमाया ढकालबाट टीका थापेर आशीर्वाद लिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा मध्याह्न प्रधानमन्त्रीले साइतको टीका ग्रहणगर्दै दुवै दिदीबहिनीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभएको थियो। प्रधानमन्त्री ओलीले सेलरोटी खाएर तथा त्यहाँ उपस्थित आफन्तजन तथा सञ्चारकर्मीलाई रोटी, मिठाईलगायतका परिकार खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो।
 
त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालीहरुको ठूलो चाड भाइटीका पर्व, दिदीभाइ र दाजुबहिनीको आत्मियता प्रकट गर्ने माध्यम हो भन्दै सबै दिदीभाइ र दाजुबहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभयो।
 
प्रधानमन्त्री ओलीले पारस्परिक शुभकामना, हार्दिकता, सम्मान र स्नेहमा बाँधिएको हाम्रो नेपाली समाजले संयुक्त परिवार प्रणालीको विकास गरेको र सबै जातजाती र भाषाभाषीलाई एकसूत्रमा बाँधेको उल्लेख गर्नुभयो ।
 
“हाम्रा चाडपर्व समाजको बनावट, निर्माण र सुसम्बन्धलाई सुव्यवस्थित ढङ्गले अगाडि बढाउने कुरासँग सम्बन्ध रहिआएको छ, हाम्रा नातासम्बन्ध, पारिवारिक सम्बन्ध र अनेक प्रकारका चाडबाड उनीहरुको संस्कारसँग गासिएका सम्बन्धले प्रदान गरेका मानवीय भावना जोडिएकाले यसको महत्व बढेको छ, तीमध्ये तिहारको मुख्य दिन आज भाइटीका हो। नेपालीहरुले अहिलेको अप्ठेरो अवस्थामा पनि फूलको सुन्दरता र रमणीय मौसमको यो पर्वका अवसरमा म शुभकामना व्यक्त गर्दछु” –उहाँले भन्नुभयो ।
 
कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ