सशस्त्रको विद्यालयको छात्राका लागि भारतले बनाइदियो छात्रावास
प्रकाशित २०७६ पुष ६ आइतबार
505
Shares
काठमाडौं। भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरि हस्तान्तरण गरेका छन्।
उद्घाटन समारोहमा नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का, सामुदायिक नेतृत्वकर्ताहरुको उपस्थिति थियो ।
सन् २००५ मा स्थापित नेपाल एपीएफ स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था रहेको विद्यालय हो ।
काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित विद्यालयमा २१ प्रतिशत भन्दा बढी छात्राहरु रहेका छन् । कक्षा ४ देखि १० सम्म ५६८ जना विद्यार्थी रहेका छन भने प्लस २ मा ११६ जना विद्यार्थी अध्ययनरत छन्।
भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित दुई तल्ले नयाँ भवनमा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधा सहित ३२ वटा कोठाहरु रहेका छन्।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा विद्यालय प्रसासनले गरेको छ।
छात्रावास परियोजनासँग जोडिन पाएकोमा भारत सरकारको तर्फबाट भारतीय दुतावासले समेत खुसी खुशी व्यक्त गरेको छ। दुवातासले शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना पनि गरेको छ।