arrow

हाम्राकुरा समाचारको प्रभाव : कालीगण्डकी करिडोरको भत्किएको स्थानीयको घर सेनाले बनाउने

logo
खगेन्द्र भण्डारी,
प्रकाशित २०७६ पुष ६ आइतबार
kaligandaki-nirnaya.jpg

गुल्मी। राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भइरहदा यहाका स्थानियहरु घरवारविहीन बनेको बिषयमा हाम्राकुरामा समाचार प्रकाशित भएसँगै गरिएको फलोअपले अन्तत करिडोर निर्माणमा संलग्न सेना, पालिका र स्थानियहरुबिच सहमती जुटेको छ।

गुल्मीको कालिगण्डकी गाउँपालिका २ बौरमा कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलीले काम गरिरहदा स्थनियहरुको घरमा प्रत्यक्ष असर पुगि करिव १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेको बिषयलाई हाम्राकुराले प्रकाशन गरेको थियो ।

सेनाको टोलीले आफुहरुसँग सरसल्लाह समेत नगरी र अनुरोध गर्दा पनि नमानी बम पट्काएर बाटो खन्दा ठूला ठूला ढुङ्गाहरु खसी घरै भत्केको थियो ।

आइतवार हाम्राकुराले समाचार प्रकाशन गरेपछि स्थानिय भीष्म पराजुलीको सहयोगमा पिडित र गाउपालिका अध्यक्षको रोहबरमा सहमती जुटेको छ।

सहमती अनुसार उचित क्षतिपूर्तीको ब्यवस्था समेत सेनाले गर्नुपर्ने भएको पत्रकार श्रीकृष्ण सिग्देलले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ