arrow

विवाहको प्रलोभनमा पारी यौनशोषण गर्दा ... काटिएपछि 

यौनहिंसा गर्ने राजीवमाथि बौद्ध प्रहरीले जाहेरी लिन मानेन

logo
प्रकाशित २०७६ पुष ६ आइतबार

काठमाडौं । आफ्नी छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा भएको घटनामा बौद्ध प्रहरीले एकपक्षीय कुरामात्र सुनेको भन्दै यौनहिंसामा परेकी एक पीडितकी आमाले पत्रकार सम्मेलन नै गरेर व्यथा सुनाएकी छिन् । 

पीडित सुनिता थिङ्गकी आमा विमाया तामाङ्गले आइतबार सञ्चार केन्द्र नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले घटना खोलेकी छिन् । गत मंसिर २३ गते मकवानपुरको  जिल्ला हेटौडा घर भई हाल काठमाडौं बौद्ध बस्ने २१ वर्षीय राजीव सिकारी सुनुवारले आफ्नी छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा आफूलाई बचाउ गर्ने क्रममा प्रतिकार गर्दा राजिव सिकारीको लिंगमा चोट लागेको थियो । 

सोही आरोपमा आफ्नी छोरीलाई महानगरीय प्रहरी प्रभाग बौद्धले ज्यान मार्ने उद्योगमा हिरासतमा लिएको जानकारी गराइन् । विमायाले घटना घटिसकेपछि प्रहरीले केटापक्षको दबाब र प्रभावमा परी बौद्ध प्रहरीका डिएसपी रमेशबहादुर सिंहले आफूहरुको जाहेरी समेत नलिएको भन्दै आफूहरुलाई न्याय दिलाउन सम्पूर्ण सञ्चारकर्मीहरुसमक्ष अपिल गरिन् । 

उनले भनिन्, ‘आफ्नो अस्मिता जोगाउन हरतरहले प्रयासरत रहेकी मेरी छोरीले न्याय पाउनुपर्नेमा उल्टो बलात्कारीलाई पक्षपोषण गर्ने गरी पीडितलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउँदा हामीहरु अन्यायमा परेका छौँ ।’ प्रहरीले नै पीडक पक्षको पक्षपोषण गरी हामीलाई पीडामाथि थप पीडा दिएकोले हाम्रो परिवार न्यायको खोजीमा छौँ भन्दै दुवैतर्फ निष्पक्ष छानविन गर्न माग गरिन् ।

घटना कसरी भयो 
विगत एक वर्षदेखि राजीव सिकारी सुनुवार र २० वर्षीया युवती सुनिता थिङ्गबीच प्रेम रहँदै आए । यस बीचमा राजीवले सुनितालाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक यौनसम्पर्क समेत राख्न सफल भए ।  

८–१० महिनासम्म नियमित यौनसम्पर्क राखेपछि सुनिताले राजीवलाई विवाहको प्रस्ताव गरे । तर राजीवले आफ्ना २–३ जना गर्लफ्रेड रहेको भन्दै सुनितासँग विवाह गर्न अस्वीकार गरे । केटाले आफूलाई विवाह नगर्ने भनेपछि छाँगाबाट खसेजस्तै भइन् । 

एकातिर विश्वासघात अर्कोतर्फ अस्मिता समेत लुटियो । जीवन नै राजीवसँग बिताउने सपना बोकेकी सुनिताले आफूमाथि राजिवले ठूलो विश्वासघात गरेकोमा राजीवप्रति घृणा जागेको थियो । 

त्यस्तो बेलामा पनि राजीव पुनः सुनितासँग रासलिला मच्चाउन चाहन्थे । त्यही कारण राजिव २०७६ मंसिर २३ गते सुनिताको कपनस्थित डेरामा पुगे । डेरामा ३ घण्टा बिताए । यसबीचमा राजीवले शरीरको कपडा खोलेर खाटमा पल्टिएपछि उनको रिसको पारो चढ्यो । उनले तरकारी काट्ने चक्कु निकालेर राजीवको लिङ्गमै आक्रमण गरिन् । घटनामा राजिवको लिंगमा चोट लाग्यो भने उनको हातमा चोट लाग्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ